देश

कामना सेवाको नयाँ शाखा बागलुङको गलकोटमा

काठमाडौं, भदौ १६–कामना सेवा विकास बैंक लिमिटेडले बागलुङको गलकोट नगरपालिका– ३ मा नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । शाखाको नेकपा नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।

कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । बैंकले देशभर ९८ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।

Featured