देश

वल्र्ड मर्चेन्टको सीईओमा पुष्पप्रसाद श्रेष्ठ

काठमाडौं, भदौ १६–वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुष्पप्रसाद श्रेष्ठ चयन भएका छन् । २०७३ साल माघ १२ गतेदेखि रिक्त रहेको सीइओ पदमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १० गतेदेखि लागु हुने गरी श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव भरतबहादुर थापाले जानकारी दिए । वर्ल्ड मचेन्ट समस्याग्रस्त अवस्थाबाट साउन १५ गतेदेखि फुकुवा भएको छ ।