देश

राष्ट्रपति भण्डारीद्वारा तीजको शुभकामना

काठमाडौं, भदौ १६–राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा हरितालिका तीजको शुभकामना व्यक्त गरेकी छन् । उनले सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेकी हुन् ।

राष्ट्रपतिले भण्डारीको शुभकामना सन्देशमा तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको उल्लेख छ । यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ । राष्ट्रपति भण्डारीले सदाचार जीवन शैली अपनाउनसमेत आग्रह गरेकी छन् ।