देश

आईएमई लाइफले मनायो दोस्रो वार्षिकोत्सव

काठमाडौं, भदौ १६–आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको दोस्रो वार्षिकोत्सव मनाएको छ । आइतबार आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले चालु आर्थिक वर्षमा थप शाखा विस्तार गरेर बीमित, अभिकर्ता तथा सेवाग्राहीको पहुँलाई सर्वसुलभ बनाउने नीति तर्जुमा गरिने बताए ।

बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम प्रकृया पुर्याएर सर्वसाधारणका लागि सेयर जारी गर्ने अध्यक्ष अर्यालको भनाइ थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले अभिकर्ताका लागि आर्कषक एवं उत्प्रेरक प्रोत्साहन योजनाहरु कार्यन्वयन गर्दै जाने बताए ।

दोस्रो वर्षसम्ममा कम्पनीले सात वटै प्रदेशका ८५ स्थानमा शाखा कार्यालय खोलेर बीमा सेवा उपलब्ध गराएको छ । यो वर्ष थप शाखा विस्तार गर्ने कम्पनीले जनाएको छ । कार्यक्रममा ‘आईएमई सामूहिक सावधिक बोनससहितको जीबनबीमा योजना’ नामको नयाँ जीवन बीमालेखसमेत लोकापर्ण गरिएको थियो ।

Featured