देश

प्रभु बैंकको मध्य बानेश्वरको शाखा नयाँबानेश्वरमा सारियो

काठमाडौं, भदौ १६–प्रभु बैंकले काठमाडौँ महानगरपालिका( १० मध्यबानेश्वर रहेको शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण गरेको छ । बैंकले नयाँबानेश्वर( ३१ मा शाखा सारेर भदौ १५ गतेदेखि कारोबार शुरु गरेको हो ।

उक्त शाखाको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले उद्घाटन गरेका थिए । नयाँ बानेश्वर शाखा कार्यालयबाट सो क्षेत्रका संघसंस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ ।