देश

भ्याट फिर्ता घट्यो

काठमाडौं, १६ भदौ–आर्थिक वर्ष २०७५र०७६ मा दुई अर्ब २२ करोड रुपैयाँ कर फिर्ता भएको छ। अघिल्लो आवको तुलनामा यो ५० प्रतिशत कम हो। यसरी फिर्ता गरिएको करमा मूल्य अभिवृद्धि कर (भ्याट) मात्रै समावेश छ।

फिर्ता उठाएको कर खरिदमा तिरेको करमा मिलान नभइ बाँकी रहेको अवस्थामा फिर्ता पाउने गरी गरिएको व्यवस्था हो। दर्ता भएको व्यक्तिबाहेक करको भार बहन गर्नु नपर्ने कूटनीतिक नियोग र कर छुटको सुविधा प्राप्त व्यक्ति वा संस्थालाई उनीहरूले खरिद गरेको वस्तु वा सेवामा तिरेको वा तिर्नुपर्ने कर फिर्ता (भ्याट रिफन्ड) गरिन्छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आव २०७४÷७५ को बजेटमार्फत उपभोक्ताबाट उठाई स्वदेशी उद्योगलाई प्रोत्साहन र चोरीका मोबाइल नियन्त्रणका नाममा व्यापारीलाई फिर्ता दिइँदै आएको भ्याट फिर्ता व्यवस्था खारेज गरेका थिए।

वनस्पति घिउ तथा तेल, चिनी, मैदा, कपडा र मोबाइल फोनसेटलगायत सामग्री बिक्रीमा उपभोक्ताबाट उठाएको रकम व्यापारीलाई फिर्ता दिने गरिएको थियो।

आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञराज ढुंगेलले बजेटमार्फत ती वस्तुमा ‘भ्याट फिर्ता’ को व्यवस्था हटाउँदा त्यसको प्रभाव देखिएको बताए। उनले भने, ‘भ्याट फिर्ता घट्नु स्वाभाविक पनि हो। बजेटमै व्यवस्था गरेर भ्याट फिर्ता हटाएपछिको परिणाम हो यो।’ यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

Featured