देश

साग फुटबलका लागि ३२ खेलाडी छनोट

काठमाडौँ, भदौ १५ं–दक्षिण एसियाली खेलकुद(साग) खेल्ने नेपाली यु–२३ फुटबल टोलीका लागि ३२ जनालाई छानिएको छ। तीन जना मात्र सिनियर खेलाडी टिममा राख्न पाइने व्यवस्था भएपनि हालको लागि पाँच जनालाई समेटिएको छ।

सिनियर टिममा रहेका यु–२३ खेलाडीले भने सिनियर टिमकै प्रशिक्षण गर्ने एन्फाले जनाएको छ। हाल सार्वजनिक टिमको गोलकिपरमा किरण चेमजोङ, रोमन रसाइली, अर्पण कार्की, दिप कार्की, देव लिम्बु छन्।

त्यस्तै डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, छिरिङ गुरुङ, रोमन लिम्बु, सुमन आर्याल, विक्रम लामा, रामचन्द्र वाजी, असिम भुषाल, मिक्छेन तामाङ तथा मिडफिल्डरमा हेमन्त थापा मगर, सेसेहाङ आङ्देम्बे, नितिन थापा, तेज तामाङ, अरिक विष्ट, सुजल श्रेष्ठ, दिपेश आलेमगर, अन्जन विष्ट, सुनिल बल छन्। फरवार्डमा भने विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन रहेका छन्। साग गेम्स मंसिरमा हुनेछ।

Featured