विदेश

कर थप गर्न अमेरिका र चीनको घम्साघम्सी

एजेन्सी, भदौ १५–झण्डै वर्ष्दिनअघि देखि शुरु भएको अमेरिका र चीनको व्यापार युद्ध थप बढेको छ। दुबै देशले एकअर्काको सामानमा आइतबारदेखि थप कर लगाएका छन्।

अमेरिकाले खानेकुरा, लत्ताकपडा, घरायसी सामग्री, टेलिभिजनलगायत चीनले निर्यात गर्ने ११० अर्ब डलर बराबरका सामानमा अमेरिकाले कर लगाएको हो। अमेरिकाले सबै चिनियाँ सामानमा १५ प्रतिशतसम्म कर लगाएको छ। बाँकी सामानमा पनि आगामी डिसेम्बर १५ देखि कर लगाउने अमेरिकाले बताएको छ। गत महिना सांघाईमा भएको व्यापार वार्ता असफल भएपछि ट्रम्पले चीनलाई दबाबमा पार्न थप सामानमा कर लगाउने घोषणा गरेका थिए।

उता चीनले पनि आजैदेखि लागू हुने गरी ७५ अर्ब डलरका अमेरिकी सामानमा कर लगाउदै चुनौतिपुर्ण जवाफ फर्काएको छ। छ। अमेरिकी सोयविनलगायत सामानमा चीनले कर ५ देखि १० प्रतिशतसम्म कर लगाएको हो।

व्यापार युद्ध जित्न दुबै देशले एकअकालाई टक्कर दिदै संघर्ष गरिरहेका छन्।अमेरिकाबाट आउने कच्चा तेलमा पनि चीनले पाँच प्रतिशत कर लगाएको हो। विश्वका दुई शक्तिशाली अर्थतन्त्रले व्यापार युद्धमा इन्धन पनि समावेश गरेको यो पहिलो पटक हो।चीनले अमेरिकी गाडीमा पनि २५ प्रतिशतसम्म कर लगाइएको छ। अमेरिकाबाट आउने गाडीका पाटपुर्जामा डिसेम्बर १५बाट पाँच प्रतिशत कर लगाउने चिनियाँ योजना छ।

अमेरिकाले यसअघि नै २५० अर्ब डलरका चिनियाँमा सामानमा २५ प्रतिशत कर लगाइसकेको छ। आगामी अक्टोवर १ देखि उक्त कर ३० प्रतिशत र्पुयाउने विषयमा वासिङट्नमा छलफल भइरहेको बताइएको छ।

Featured