देश

नक्कली कागज बनाएर करोडौ ठग्ने श्याम परदेशी पक्राउ

सर्लाही, भदौ १५–नक्कली कागज बनाएर सर्वसाधारणमाथी ठगी गरेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ। श्याम परदेशीको नामले चिनिने उनी आइतबार साझ मलगंवाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख, प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले भने, ‘श्याम परदेशीले गठी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो। उनका अनुसार उनको सम्पतीमाथि पनि अनुसन्धान हुनेछ।

परदेशीको अकुत सम्पती आर्जनबारे सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि पठाउने प्रहरीले तयारी गरिरहेको छ। परदेशीले ऋण लिने धेरैलाई झुक्याएर १० गुणासम्म बढीको कागज गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

Featured