देश

घूस लिएको आरोपमा २ प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं, भदौ १५–जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बाँनियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नदीजन्य पदार्थ ढुवानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही समय पहिले आयोगले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । आयोगले उनीहरुबाट दुई हजार रुपैयाँ नगद र विभिन्न कम्पनीका दुई हजार ९०० बराबरका रिचार्ज कार्डसमेत बरामद गरेको थियो ।