खेलकुद देश

न्यु डायमण्ड र पुलिस क्लब राष्ट्रिय महिला भलिबलको फाइनलमा

पोखरा, भदौ १५–न्यु डायमण्ड एकेडेमी काठमाण्डौं र विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै न्यु डायमण्ड र पुलिसले फाइनलमा भेट पक्का गरेका हुन् । इन्द्र राज्यलक्ष्मी माविको परिसरमा भएको पहिलो सेमिफाइनलमा न्यु डायमण्डले घरेलु टोली गण्डकी प्रदेशलाई २५(१८, २५–२० र २५–१९ को सेटमा पराजित गर्यो । यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई २५–११, २५–७, र २५–६ को सोझो सेटमा हरायो । फाइनल खेल सोमबार हुनेछ ।

Featured