राजनीति

शैक्षिक संस्थामा राजनीतिक भागबण्डा बन्द गर्न माग गर्दै नेवि संघद्धारा प्रदर्शन

काठमाडौँ, भदौ १५–शैक्षिक संस्थामा राजनितिक भागबण्डाका आधारमा गरिने नियुक्तिको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आइतबार काठमाडौँमा प्रदर्शन गरेको छ । विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति बन्द गर्न माग गर्दै नेपाल संघिय राजधानी काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।

पछिल्लो समय भागबण्डाको आधारमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति हुने क्रम बढेकाले सो कार्य बन्द गरी प्रतिस्पर्धाको आधारमा चयन गर्न दवाव दिन खबरदारी र्यालीको आयोजना गरिएको नेविसंघका नेता विकास भण्डारीले जानकारी दिए ।

उनले राजनितिक भागवण्डाका आधारमा गरिने नियुक्ति प्रकया नरोकिए सम्म नेवि संघले खबरदारी गरिरहने बताए । विद्यार्थी नेता भण्डारीले सरकारका लगत कृयाकलापमा नेवि संघ जहिल्यै पनि खबरदारीमा उत्रिएको बताउँदै शैक्षिक संस्थामा गरिने राजनितिक नियुक्तिको विरुद्धमा आफुहरु उत्रिएको बताए ।

र्यालीमा सहभागीहरुले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने नारा लेरिएका ब्यानर र प्लेकार्ड बोकेका थिए । र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दैै नेविसंघ निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले संघमा तत्काल नयाँ नेतृत्व आउनु पर्नेमा जोड दिँदै त्यसमा सबै पक्षको सम्मानजनक सहभागिता हुनुपर्नेमा पनि जोड दिए ।

Featured