देश

काभ्रेमा पनि डेंगुका बिरामी

काभ्रेपलाञ्चोक, भदौ १५– खानीखोला गाउँपालिकाका एक पुरुषमा डेंगुको संक्रमण भेटिएको हो । संक्रमित उक्त पुरुषको मकवानपुरको हेटौँडामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

कामको सिलसिलामा हेटौँडालगायत तराईका विभिन्न जिल्लामा आवतजावतका क्रममा खानीखोलाका ती पुरुषमा केही दिन अघि मात्र डेंगुको संक्रमण फेला परेको कार्यालयका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्रले जानकारी दिए ।

जिल्लामा संक्रमित व्यक्ति भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयले डेंगुबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई आग्रह गरेको छ । रोगथामका लागि जिल्लाका १३ वटै स्थानीय तहमा र्या्पिट टिम खडा गरिएको निरीक्षक मिश्रले जानकारी दिए । मिश्रका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेंगु रोग परीक्षणका लागि प्रयोग हुने कीटसहितको टोली परिचालन गरिएको छ ।

Featured