देश

पोखराबाट दमौलीतर्फ जाँदै गरेको माइक्रो बस दुर्घटना

पोखरा, भदौ १५–तनहुँको शुक्लागण्डकीमा माइक्रो बस दुर्घट्ना हुँदा एकजना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको माइक्रो बस शुक्लागण्डकी गल्छिनामा दुर्घटना भएको हो ।

ग १ ख २९७० नंम्बरको माइक्रो बस दुर्घट्नामा परी चालक गोरखा आरुघाट गाउँपालिका ३ का ३६ वर्षीय धर्म गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । बस ब्रेक फेल भएर अचानक नालीमा पल्टिएको थियो ।

दुर्घट्नामा घाइते भएका चालक गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured