देश

सुरक्षा संवेदनशीलतामा असर गर्ने गरी निर्माण गरिएका भवन अधिग्रहण गर्ने सरकारको तयारी

काठमाडौं, भदौ १५–सुरक्षा संवेदनशीलतामा असर गर्ने गरी निर्माण भएका ठूला भवनलाई सरकारले अधिग्रहण गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले सुरक्षा संवेदनशीलतमा असर पुर्याउने भवनका सम्बन्धमा अध्ययन समितिले तयार पारेको प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयमा आइतबार गृहमन्त्री, गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान विभागका प्रमुख, काठमाडांै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, काठमाडौंका जिल्ला प्रमुख, उपत्यका विकास प्राधिकरणका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले समितिबाट सिफारिस भएबमोजिम कारबाही थाल्ने जनाएको छ ।

अध्ययन समितिले सिंहदरबार दक्षिण गेट निर्माण भएको इमेरो प्लाजा, राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको सीई रियल स्टेट निर्माणमा रोक लगाइ अधिग्रहण गर्न सिफारिस गरेको थियो ।