खेलकुद

नेपाली फुटबल टोली कुवेत प्रस्थान

काठमाडौं, भदौ १५– विश्व कप छनोट खेल्नको लागि नेपाली टोली कुवेत गएको छ। भदौ १९ गते कुवेतसँग पहिलो खेल खेल्नको नेपाली टोली आज कुवेत गएको हो। एन्फाले भने शुक्रबार नै टिमलाई विदाई गरेको थियो।

यसअघि पहिलो खेलको तयारीका लागि नेपालले मलेसियवको लिग च्याम्पियन टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपाली टोली १–० हारेको थियो। नियमित कप्तान विराज महर्जन टिममा नपर्दा टिमको कप्तानी कसले गर्छ भन्ने टुङ्गो लागेको छैन।

नेपाली टिममा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्यालका साथैरोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन्। विश्व कप छनोटमा नेपाल, कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे एउटै समुहमा छन्।

Featured