देश

अपांगता भएकालाई सोलार वितरण

बैतडी, भदौ १५–बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले अपांगता भएका व्यक्तिलाई निःशुल्क सोलार वितरण गरेको छ । लक्षित समुदाय सहयोग कार्यक्रमअन्तर्गत उक्त वडाका २८ जना अपांगता भएका व्यक्तिलाई शनिबार सोलार वितरण गरिएको हो ।

प्रतिव्यक्ति एक सेटका दरले सोलार वितरण गरिएको वडाध्यक्ष रनबहादुर बोहोराले बताए । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच वडाध्यक्ष बोहोरा र जिल्ला समन्वय समितिका सदस्य रमेश बोहोराले सोलार हस्तान्तरण गरेका हुन् ।

सोलार पाएपछि आफूहरुलाई खुसी लागेको दशरथचन्द नगरपालिका– २ का स्थानीय गोमती बोहोराले बताइन् । अपांगता भएका व्यक्तिलाई सोलार वितरणका लागि वडा कार्यालयले गत आर्थिक वर्षमा १ लाख रकम विनियोजन गरेको थियो । (रासस)

Featured