देश

आज विदेशी मुद्राको सटहीदर कति छ ? हेर्नुहोस

काठमाडौं, भदौ १५-आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६पैसा तोकेको छ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा पुगेको छ। मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा छ। यस्तै बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०३ रुपैया ८४ पैसा रहेको छ।

यस्तै कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा तोकेको छ। आइतबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७४ पैसा रहेको छ।