काठमाडौं, भदौ १५-भूकम्पले क्षति पु-याएका निजी घर पुनःनिर्माणमा काठमाडौं पछाडि परेको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरयाको १४ जिल्लाको अनुदान सम्झौताको तथ्यांकअनुसार सबैभन्दा धेरै गोरखामा ९९ प्रतिशत सम्झौता भएको छ। सिन्धुपाल्चोक, नुवाकोट, ओखलढुंगा र सिन्धुलीको ९७ प्रतिशत सम्झौता भएको छ।
ललितपुरको ८८ प्रतिशत, काठमाडौंको ८७ प्रतिशत, भक्तपुरको ८६ प्रतिशत र मकवानपुरको ८१ प्रतिशत लाभग्राहीसँग सम्झौता भएको छ। बाँकी जिल्लाको अवस्था ९० प्रतिशतभन्दा माथि छ।
काठमाडौंमा अनुदानको पहिलो किस्ताको सम्झौता ठिकै देखिए पनि दोस्रो र तेस्रो किस्ता बापतको रकम भुक्तानको अवस्था कमजोर देखिएको हो।
यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस