देश

नक्कली एटिएम कार्ड प्रयोग गरी करिब डेढ करोड रुपैयाँ चोरी

काठमाडौं, भदौ १५–एक करोड २६ लाख नेपाली रूपैयाँ र १० हजार अमेरिकी डलरसहित पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरले शनिबार उनीहरुलाई ठूलो रकमसहित दरबारमार्गबाट पक्राउ गरेको हो।

उनीहरुले विभिन्न बैंकका नक्कली एटिएम कार्ड प्रयोग गरी रकम निकालेको हुन सक्ने प्रहरीको अनुमान छ। अहिले अनुसन्धान भइरहेको परिसरका प्रमुख एसएसपी उत्तम राज सुबेदीले जानकारी दिए। प्रहरीले घटनाका बारेमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिने जनाएको छ।