खेलकुद विदेश

टेस्टमा ह्याट्रिक लिने तेस्रो भारतीय बने बुमराह

काठमाडौं, एजेन्सी, भदौ १५-वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा भारतीय टोली ४ सय १६ रनमा अलआउट भयो।

जवाफमा ब्याटिङ गर्न उत्रिएको वेस्ट इन्डिजले दिनको खेल समाप्तमा हुँदासम्म ७ विकेटको नोक्सानीमा ८७ रन बनाएको छ। जसप्रीत बुमराहले शानदार बलिङ गर्दैै वेस्ट इन्डिजका ६ ब्याटसम्यानलाई पवेलियन फर्काए।

उनले ५ वा सोभन्दा बढी विकेट लिएको यो पाँचौँ अवसर हो। बुमराहले यस दौरान करियरको पहिलो ह्याट्रिक पनि लिए।

टेस्टमा यो उपलब्धि हासिल गर्ने उनी तेस्रो भारतीय बलर बनेका छन्। यसअघि भारतका लागि हरभजन सिंह र इरफान पठानले टेस्टमा ह्याट्रिक लिएका थिए।

यसअघि हनुमा विहारीले शानदार शतक (१११ रन) बनाउँदै टोलीलाई मजबूत स्थितिमा पुर्याएका थिए। उनलाई इशान्त शर्माले ५७ रन बनाउँदै राम्रो साथ दिए। कप्तान विराट कोहलीले ७६ तथा मयंक अग्रवालले ५५ रनको पारी खेले।

Featured