विदेश

युभेन्टसद्वारा नापोली ४–३ गोलले पराजित

काठमाडौं, एजेन्सी, भदौ १५-साबिक विजेता युभेन्टसले इटालियन लिगमा नापोली विरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गरेको छ। इन्जुरी समयमा कालिडो कोउलीबेलीले आत्मघाती गोल गर्दा युभेन्टस विजयी भएको हो।

डिफेन्डिङ च्याम्पियन युभेन्टसले ड्यानिलो, गोन्जालो हिग्वाइन र क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले खेलमा ३–० को अग्रता लिएको थियो। तर, १५ मिनेटको अन्तरालमा नापोलीका लागि कोस्टास मानोलास, हर्भिङ लोजानो र जियोभानी डि लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याए।

तर, इन्जुरी समयमा आत्मघाती गोलले नापोलीले अंक बटुल्न सकेन।

जीतपछि युभेन्टसले शतप्रतिशत नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा उक्लेको छ। नापोली आठौँ स्थानमा सिमित बनेको छ। अर्को खेलमा एसी मिलानले ब्रेसिया १–० गोलले पराजित गर्यो। मिलान लिगको दशौँ स्थानमा रहेको छ।

Featured