विदेश

सिरियाली विद्रोहीले शिविरमा आक्रमणगर्दा ४० लडाकुको मृत्यु

एजेन्सी, भदौ १५–सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इदलिब प्रान्तमा भएको आक्रमणमा ४० विद्रोही लडाकुको मृत्यु भएको छ । जिहादी समुदायको भेलामा शनिबार क्षेप्यास्त्रमार्फत आक्रमण भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।

रूसले युद्धविराम घोषणा गरेको केही घण्टाभित्रै आक्रमण भएको हो । सिरियाली मानव अधिकारवादी संगठनका प्रमुख रमी अदेल रहमानले स्थानीय हुरास अल–दिन, अन्सार अल–ताहिद र अन्य सहयोगी समूहले इदलिबनजिकैको तालिम शिविरभित्र भेला गरिरहेको समय आक्रमण भएको जानकारी प्राप्त भएको बताएका छन् ।

आक्रमण कसले गरेको भन्ने थाहा हुन नसकेको र मिसाइल युद्धक विमानबाट वा जमिनबाट हानिएको भन्ने थाहा भइनसकेको उक्त संस्थाले जनाएको छ ।

Featured