देश

जाजरकोटमा पहिरोले घर पुरिँदा दुई बालिकासहित तीन जनाको मृत्यु

जाजरकोट, भदौ १५–जाजरकोट भेरी नगरपालिका २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।

आइतबार बिहान १स्४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु ९ वर्षीया मोतीकला वली र ३ वर्षीया धनसरा वलीको घरभित्रै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

पार्वतीका श्रीमान् बलबहादुर घरबाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले बताए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको उनले बताएका छन् । (रासस)

Featured