देश

युरोपमा रोजगारी खोज्दै सरकार

काठमाडौं, भदौ १५–सरकारले युरोपेली मुलुकमा रोजगारीको अवसर खोज्ने भएको छ । मलेसिया तथा खाडी मुलुकमा मात्र केन्द्रित भएको वैदेसिक रोजगारलाई प्रतिफलमुखी बनाउन सरकारले युरोपेली मुलुकमा रोजगारी खोज्ने तयारी गरेको हो ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडी मुलुकमा जाने गरेका छन् । खाडी मुलुक तथा तथा मलेसियामा कामदारको उचित पारिश्रमिक नहुँदा कामदारको संख्याको अनुपातमा रेमिट्यान्स निकै कम आउने गरेको छ । सरकारले युरोपका विभिन्न मुलुकसँग सहकार्य गरी कामदार पठाउने तयारी गरेको हो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।