देश

श्रीमतीलाई भान्से नियुक्त, मासिक १५ हजार नौ सय ९० रुपैयाँ तलब

काठमाडौं, भदौ १५–स्थानीय तहको चुनावमा मेरिङ्देन गाउँपालिकाका अध्यक्षमा गणेशबहादुर चोङवाङ निर्वा्चित भए। अध्यक्ष चोङवाङसहित जनप्रतिनिधिले असार १८ गते सपथ ग्रहण गरे। भत्ता असार १४ गतेदेखिकै बुझे।

फुङलिङ नगरपालिका उपप्रमुख बमबहादुर भट्टराईले श्रीमतीलाई भान्सेमा नियुक्त गरेवापतको रकम भुक्तानी लिए। मासिक १५ हजार नौ सय ९० रुपैयाँ भान्सेका लागि तलब दिने गरी सम्झौतामा उल्लेख थियो। तर महालेखा परीक्षकको कार्यालयको आव ०७४र७५ को प्रतिवेदनले उक्त रकम असुल गर्नुपर्ने गरी कमजोरी औंल्यायो। यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।