देश

माया घर नेपाललाई सहयोग जुट्नेक्रम बढ्दै

विराटनगर, भदौ १४–विभिन्न कारणले सहाराविहीन भएर सडक जिवन विताई रहेकाहरुलाई संरक्षण दिदै आएको सुनसरीको इटहरी स्थित माया घर नेपाललाई सहयोग जुट्ने क्रम बढेको छ ।

मानसिक समस्या भएका ,हिसां पिडित साथै विभिन्न कारणले सहाराविहीन २७ जनालाई संक्षरण दिदै आएको माया घरलाई चाडपर्वको समय पारेर सहयोग गर्ने क्रम बढेको हो ।

यसै क्रममा सुनसरी सदरमुकाम इनरुवामा रहेको कोशी वचत तथा ऋण सहकारी संस्थाले माया घरमा संरक्षण लिदै आएकाहरुलाई चामल ,चिनी , तेल लगायत खाद्य सामाग्रीहरु उपलव्ध गराएको छ ।

हरेक वर्ष तिजको अवसर पारेर आफना महिला सदस्यहरुलाई लक्षित गरी तिज कार्यक्रम गर्दै आएकोमा यस वर्ष मायाघरमा संरक्षण लिइरहेकाहरुलाई खाद्यन्न उपलव्ध गराइएको संस्थाका अध्यक्ष केदार भण्डारीले जानकारी दिए । ्

सहकारीका तर्फबाट मायाघरमा संरक्षणमा रहेकाहरुलाई केही राहत होस भनेर विभिन्न खाद्य सामाग्री गरिएको बताए । माया घर नेपालमा १२ मनोरोगी , चार सुत्केरीसहित २७ जनाले संरक्षण लिदै आइरहेका छन् ।