देश

औद्योगिक भ्रमणका लागि ट्रेड यूनियन कांग्रेसको टोली भारत प्रस्थान

विराटनगर, भदौ १४–औद्योगिक अवलोकन भ्रमणका क्रममा नेपाल ट्रेड यूनियन कांग्रेस प्रदेश एकको टोली भारततर्फ प्रस्थान गरेको छ । सीमावर्ती जोगबनीमा ७५ सदस्यीय टोलीको विदाई गर्दै ट्रेड यूनियन कांग्रेस प्रदेश एकका अध्यक्ष नारायणबाबु कार्कीले भ्रमणका क्रममा टोलीले त्यहाँको श्रम सम्बन्ध तथा श्रमिक समस्याको विषयमा अध्ययन अनुसन्धान गर्ने जानकारी दिए ।

अध्यक्ष कार्कीका अनुसार टोलीले हिन्द मजदुर सभा तथा भारतीय राष्ट्रिय ट्रेड युनियन काँग्रेसका राष्ट्रिय नेतृत्वसँग मुम्बईमा दुइपक्षिय सम्वन्ध तथा अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलन सम्बन्धमा अन्तरक्रिया तथा छलफल गर्नेछ ।

टोली विदाईका क्रममा कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले राष्ट्रिय झण्डा, ट्रेड यूनियन प्रदेश एक अध्यक्ष कार्कीले ट्रेड यूनियनको झण्डा, कांग्रेस सचिवद्धय नागेश कोइराला र मोदराज घिमिरेले टे«ड यूनियनको ब्याज प्रदान गरेका थिए ।ट्रेड यूनियन मोरङका अध्यक्ष सुशील कोइरालाको नेतृत्वमा रहेको टोलीले १० दिने भ्रमणका क्रममा पटना, कोलकाता, मुुम्बई लगायतका सहर पुग्नेछ ।