देश

स्यालसँग ठोक्कियो बुद्ध एयरको जहाज

बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ । नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको एटीआर- ७२ विमान आज साँझ करिब ७ बजे स्यालसँग ठोक्किएको हो ।

जहाज स्यालसँग ठोक्किए पनि यात्रुहरू भने सुरक्षित रहेको बताइएको छ । प्राविधिकहरूले जहाजको जाँच गरिरहेका छन् । सो विमान त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो ।

Featured