देश

आरती स्ट्रिप्समा कार्यरत विराटनगरका दिवस नेपालमाथि निर्घात कुटपिट

विराटनगर, ८ मंसिर । मोरङको बुढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्समा कार्यरत दिवस नेपालमाथि निर्घात कुटपिट भएको छ ।

आरती स्ट्रीप्सका भाइस प्रेसिडेन्ट विशाल गुप्ता, सञ्चालक सञ्जय सिंघल, निर्देशक एसपी बर्मासहितले नेपाललाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट नेपालको टाउको, छाती, ढाडलगायत । विभिन्न भागमा चोटपटक लागेको छ । घाइते नेपाललाई हाल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ ।

नेपाल आरती स्ट्रिप्समा जनसम्पर्क प्रमुखका रुपमा कार्यरत थिए । नेपालमाथि भाइस प्रेसिडेन्ट विशाल गुप्ताले पेस्तोल समेत तेर्स्याएको स्रोतले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा आरती स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Featured