देश राजनीति

निर्वाचन आयोगको निर्देशन- शिक्षक, कर्मचारी र प्राध्यापकलाई दलबाट हटाउ

निर्वाचन आयोगले आयोगमा दर्ता भएका राजनीतिक दलहरूको  महाधिवेशनमा  सार्वजनिक पदमा वहाल शिक्षक, कर्मचारी र प्राध्यापकहरूसमेत सहभागी भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक सूचना प्रकाशित गर्दै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा वहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने जनाएको छ ।

आयोगले वहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा वहाल रहेको व्यक्तिलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन आयोगमा दर्ता राजनीतिक दललाई आवश्यक निर्देशन दिने निर्णय पनि गरेको छ ।

‘आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको सवामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको वहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा वहाल रहेको व्यक्तिलाई राजनीतिक दलको सदस्यता विरतरण नगर्न नगराउन तथा सोही ऐनको दफा ५७ को उपदफा (१) बमोजिम राजनीतिक गतिविधि गर्दा कानून बमोजिम गर्नु गराउनु भनी आवश्यक निर्देशन दिने,’ आयोगको निर्णयमा भनिएको छ ।

Featured