विदेश

बुल्गेरियामा यात्रुबाहक बसमा आगो लाग्दा ४५ जनाको मृत्यु

एजेन्सी, ७ मंसिर । बुल्गेरियामा यात्रुबाहक बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ ।

बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बसमा रहेका सात जनाको उद्धार गरिएको बताइएको छ ।

यो घटना स्थानीय समय अनुसार बिहान २ बजे भएको हो । गृहमन्त्रालयका एक अधिकारीले ज्यान गुमाउनेमा बालबालिका पनि रहेकाे जानकारी दिएका छन् ।

प्राप्त समाचारअनुसार यो बस टर्कीबाट उत्तरी मैसेडोनिया गइरहेको थियो । दुर्घटनापछि घटनास्थल आसपासको क्षेत्र सिल गरिएको बीबीसीले जनाएकाे छ ।

Featured