विदेश

भारतको आन्ध्र प्रदेशमा बाढीको वितण्डा, २९ को मृत्यु, कैयौँ बेपत्ता

भारतको आन्ध्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । बाढीले १०० जना भन्दा बढीलाई बगाएर बेपत्ता पारेको भारतीय सञ्चार माध्यमहहरूले जनाएका छन् ।

निरन्तरको अत्यधिक वर्षाका कारण ठूलो बाढी आएको र धेरै क्षति गरेको समाचारमा जनाइएको छ । बाढीले विशेष गरेर आन्ध्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको टोली खटिएका छन् ।  खोजी तथा उद्धारकार्य जारी रहे पनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरूमध्ये अधिकांशलाई जीवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताहरूले बताएका छन् ।

Featured