खेलकुद विदेश

भन्सार विभागले टिम इन्डियाका अलराउन्डर हार्दिक पाण्ड्याको ५ करोडका दुईवटा घडी जफत गर्यो

टिम इन्डियाका अलराउन्डर हार्दिक पाण्ड्याका ५ करोडका दुईवटा घडी भन्सार विभागले जफत गरेको छ । भन्सार विभागका अनुसार हार्दिकसँग यो घडीको बिल थिएन र यी घडीलाई उनले आफ्नो सामानको सूचीमा समावेश पनि गरेका थिए । यद्यपि, पाण्ड्याले यी घडीको कूल मूल्य १.८० करोड बताएका छन् । उनका अनुसार एउटा घडीको मूल्य १.४० लाख हो र दोस्रोको ४० हजार हो ।

आइसीसी टी–२० विश्वकपबाट बाहिरिएपछि भारतीय टिम स्वदेश फर्किएको छ । हार्दिक पाण्ड्या पनि आइतबार अबेृर राती टिमसहित नै फर्किएका थिए तर भन्सार विभागले उनलाई रोक्यो र उनका दुईवटा घडी जफत गर्यो । भारतीय सञ्चार माध्यमका अनुसार जफत गरिएका दुबै घडीको मूल्य ५ करोड भारु थियो ।

Featured