देश

एकै वर्षमा एक लाख ५३ हजार बिरुवा रोपिए

फिदिम, भदौ १४–पाँचथरमा डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा मात्रै एक लाख ५३ हजार ३ सय ५० प्रजातिका बिरुवा रोपण गरिएको जनाएको छ। वृक्षरोपणका औपचारिक कार्यक्रम तथा हरियाली निर्माणका लागि नियमित हुने वृक्षरोपण अभियान फलदायी नभएको आरोप लागिरहेका बेला कार्यालयले काष्ठ, गैरकाष्ठ रुखका तथा जडीबुटीका गरी उक्त सङ्ख्यामा बिरुवा रोपण गरिएको जनाएका छ।

फिदिम नगरपालिका वडा नं ३ र ५ तथा फाल्गुनन्द गाउँपालिका–२ मा पर्ने नाम्फुङ्यक सामुदायिक वनको सात हेक्टर जमीनमा चाप, लौठसल्ला, उत्तिस, पैयु र जापानिज सल्लाका विरुवा रोपण गरिएको हो। यस्तै चार वटा कबुलियती वनहरुमा ६८ हजार अर्गेलीका बिरुवा रोपिएको छ। अर्गेली खेती क्रमशः फष्टाउँदै गएको, आधुनिक रुपमा प्रशोधन गरिएको अर्गेलीको लोक्ताले राम्रो मूल्य पाउन थालेका कारण कार्यालयले कृषकलाई बिरुवा वितरण गर्न थालेको डिभिजन प्रमुख राईले बताए।

डिभिजन वन कार्यालयले जडीबुटी तथा वन पैदावार प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले जिल्लाको फालेलुङ गाँउपालिका–६ र फाल्गुनन्द गाउँपालिका–३ मा एकर एक वटा जडीबुटी भण्डारण केन्द्र निर्माण गरेको छ। यस्तै एउटा वन पैदावारमा आधारित उद्योग सञ्चालन गृह निर्माण गरिएको छ। (रासस)