खेलकुद

पाउलो डिबाला पीएसजी जाने

एजेन्सी, भदौ १४–अर्जे्न्टिनाका स्टार पाउलो डिबाला पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने कुराले खेल बजार फेरि तातिएको छ। २५ वर्षे फरवार्ड डिबाला युभेन्टसबाट खेल्दै आएका छन। यसअघि उनी म्यानचेस्टर युनाइटेड र टोटेनहम जाने चर्चा चलेको थियो।

ट्रान्फर विन्डो अझै केहि दिन खुला रहेकोले डिबाला युभेन्ट्सबाट पिएसजी जाने सम्भावना छ । सुपर स्टार नेयमार बार्सिलोना जाने सम्भावना बढेपछि डिबाला पिएसजी जान सक्ने अनुमान गरिएको छ। त्यसको लागि नेयमारले पीएसजी भने छोड्नुपर्ने हुन्छ।

माउरिजियो सारी प्रशिक्षकका रुपमा युभेन्टस गएदेखि डिबालाले क्लब छाड्ने सम्भावना थियो । डिबालाका एजेन्टले पनि डिबाला पिएसजी जाने सम्झौता भएको बताएका थिए।

Featured