खेलकुद विदेश

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया विश्व कपको फाइनलमा

पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

Featured