विदेश सूचना/ प्रबिधि

ट्वीटरका संस्थापक तथा प्रमुख कार्यकारीकै एकाउण्ट ह्याक

एजेन्सी, भदौ १४–ट्वीटरका संस्थापक एवं प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्वीट एकाउण्ट ह्याक भएको छ। चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको हो। ह्याकरले उनको ट्वीटरमा अत्यन्तै आपत्तिजनक र रंगभेदी ट्वीट गरेका थिए।

ती ट्वीट १५ मिनेटसम्म रहेका थिए । उनका चालिस लाखभन्दा बढी फलोअर्स रहेका छन्। ट्वीटरले पछि सो एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको बतायो । ट्वीटरले ट्वीट गरेको छ, ‘अहिले एकाउन्ट सुरक्षित छ, र ट्वीटरले कुनै पनि सुरक्षात्मक प्रणालीमा सम्झौता गर्ने छैन ।’

Featured