देश मनोरंजन

आगामी एपिसोडदेखि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुदै

काठमाडौं, १६ कात्तिक । कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ ।

आगामी साताको एपिसोडसँगै उक्त सो बन्द हुन लागेको हो । कार्यक्रममा पात्र, स्टुडिओलगायतको समस्या भएकाले बन्द गर्न लागिएको सञ्चालक जितु नेपालले जानकारी दिए।

अब आउने साता हिमेश पन्त र सुमन कोइरालासँगको कार्यक्रमनै अन्तिम हुने उनले जानकारी दिए। यहीँ फर्म्याटमा नभए पनि विज्ञापन र टेलिभिजनबीच सहकार्य भए फेरि आउनसक्ने उनले बताए। ‘अर्को नयाँ तरिकाले आउन त आउँछ। तर विज्ञापन, हामी र टेलिभिजनबीच सहकार्य हुनुपर्छ’, उनले भने।

सिजन–२ को ५४ औँ एपिसोड पुगिसकेको शो बन्द भएपछि आफू डाक्टर कपिल रिजालको निर्माण निर्देशनमा बन्न लागेको फिल्ममा आवद्ध भएको जानकारी दिए। ‘साम्राज्ञीसँग खेल्नका लागि डाक्टर कपिल रिजालले निर्माण र निर्देशन गर्न लागेको फिल्ममा आवद्ध भइसकेको छु, आगामी मंसिर १५ बाट सुटिङ सुरू हुन्छ,’ उनले भने।

Featured