काठमाडौं, भदौ १३– सांसदहरुले खेलाडीलाई पेन्सन दिनुपर्ने बताएका छन्। सारा जीवन देशको लागि समर्पण गर्ने खेलाडीहरुको योगदानको कदर गर्दै उनीहरुलाई पेन्सन दिन सांसदहरुले माग गरेका छन्। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा उनीहरुले यस्तो बताएका हुन्।
खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफलमा सहभागी हुँदै सांसदहरुले खेलकुद क्षेत्रको वृद्धि विकासका लागि राजनीतिक नियुक्तीलाई बन्द गर्नुपर्ने र नियुक्ती पछि पनि राष्ट्रिय खेलकुल परिषद सदस्य सचिव राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाइने कानुन बनाउन पनि ध्यानाकर्षण गराएका छन्।
खेलकुद मन्त्री जगत विश्वकर्माले खेलक्षेत्रका समस्या तथा चुनौती सम्बोधन र दायित्वलाई केन्द्र भागमा राखेर विधेयकलाई पुर्णता दिने तर्फ प्राप्त सुझावलाई मन्त्रालयले सधै विचार गर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस