देश मनोरंजन

संसारका १४ वटा अग्ला हिमाल चढेका कीर्तिमानी नेपाली निर्मल पुर्जाबारे फिल्म नेटफ्लिक्समा

१ सय ८९ दिनमा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर कीर्तिमान राखेका निर्मल पुर्जाबारे डकुमेन्ट्री फिल्म नेटफ्लिक्समा हेर्न पाइने भएकाे छ ।

१४ पिक्सः नथिङ इज इम्पाेसिबल (14 Peaks: Nothing is Impossible) नामकाे फिल्म आगामी २९ नाेभेम्बरमा नेटफ्लिक्समार्फत संसारभर रिलिज हुने आईएमडीबीकाे वेबसाइटमा उल्लेख छ । नेटफ्लिक्समा १ सय ९१ देशका २ सय ४ मिलियनभन्दा बढी सदस्य छन् । तिनै दर्शकका लागि याे फिल्म भिन्नभिन्न ३१ भाषामा डब्ड पनि हुने निर्मल पुर्जाले ट्विटमार्फत जानकारी दिएका छन् ।

यात्रा र साहसिक कथा बाेल्ने वृत्तचित्र १ घण्टा ४१ मिनेटकाे छ । ताेरक्वेल जाेन्सले निर्देशन गरेकाे याे फिल्म जाेन्ससहित गाब्रिएल क्लार्कले संयुक्त रूपमा लेखेका हुन् । नेटफ्लिक्सले पनि आफ्नो वेबसाइटमा निर्मल पुर्जाकाे याे फिल्मबारे सूचना राेखेकाे छ । साथै साहसिक पात्रबारे प्रेरक चलचित्र रहेकाे पनि उल्लेख गरेकाे छ ।

Featured