देश राजनीति

विराटनगर शनि मन्दिरस्थित मोवाइल पसलमा चोरी

विराटनगर, ७ कात्तिक । विराटनगरमा पछिल्लो समय चोरी र लुटपाटका घटनामा बृद्धि भएको छ । चावपर्वको समयमा केही दिन यता चोरी र लुटपाटको घटनामा बृद्धि भएको हो ।

शनिबार राति फेरी एक मोवाइल बसलमा चोरी भएको छ । विराटनगर–९ स्थित शनि मन्दिर नजिकै रहेको कोमल मोबाईल एण्ड ट्रेडसमा शनिबार राति चोरी भएको हो ।

पसलको चेनगेटको ताला फुटाएर पसलमा चोरी भएको पसल सञ्चालकले बताएका छन् । पसलबाट झण्डै १८ लाख मुल्य बराबरको सामान चोरी भएको सञ्चालक रामकुमार राईले बताए ।

पसल फुटाएर मोबाइन, स्मार्टफोन, ल्यापटपलगायतका सामान चोरी भएको राईले जानकारी दिए । चाडपर्व नजिकिएसँगै केही साता यता विराटनगरमा चोरी र लुटपाटको घटना बढ्न थालेको छ ।

यसअघि हिमालय रोडको एक मोबाइल पसलमा पनि चोरी भएको थियो । त्यस अघि मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखामा लुटपाट भएको थियो ।

त्यस्तै सिटिजन्स बैंकको शाखामा लुटपाट गर्ने लुटेराको समुहलेनै विराटनगर मेनरोडस्थित कोटेक्स कपडा पसलमा दिन दहाडै पेस्तोल देखाएर लुटपाट गरेको थियो ।

Featured