देश

विराटनगर कोचाखालका युवकको शव जोगबनीमा पानीमा डुवेको अवस्थामा फेला

विराटनगर, ७ कात्तिक । विराटनगरका एक युवक भारतको जोगबनीमा मृत अवस्थामा फेला परेका छन् । विराटनगर–५ कोचाखालका ४५ वर्षीय संजय राई जोगबनीमा पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

शुक्रबार राईको शब जोगबनीमा फेला परेको प्रहरीले जनाएको छ । राई विराटनगरमा सवारी चाललको का मगर्दै आएका थिए । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक प्रकाश राउतले नेपालबाटै बगेर राईको शव जोगबनी पुगेको हुनसक्ने बताए ।

मृतक राई नेपाली कांग्रेसको भातृ संगठन भारी सवारी चालक संघ विराटनगर महानगर समितिका सभापति हुन् । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईले राई बिहिबार साइकलमा चढेर सीमावर्ती दरैया तर्फ गएको बताए । चापागाईले पानीमा लडेर राई बगेको हुनसक्ने बताए ।

Featured