देश

गुडिरहेको बसमा एकाएक आगो दन्कियो

काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ । इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

बसमा ३६ जना यात्रु रहेका थिए ।बसमा आगो लाग्नुको कारण यकिन नभए पनि वायरिङमा सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका छन् । आगो नियन्त्रणपछि मात्र दमकल घटनास्थल पुगेको थियो ।

Featured