काठमाडौं, भदौ १३–लगानीकर्ताको आकर्षण घट्दै जाँदा सेयरबजार निरन्तर ओरालो लागेको छ । साताभरमा नेप्से परिसूचक १३ अंकले घट्दा कारोबार रकम पनि डेढ अर्बमा सीमित भएको छ ।
साताभरमा जम्मा १ अर्ब ६२ करोडको सेयर खरिदबिक्री भएको छ भने नेप्से परिसूचक १३.२१ अंकले घटेको छ। अघिल्लो साताको तुलनामा कारोबार रकम ८ करोड बढी हो। आइतबार ३८ करोड, सोमबार ३८, मंगलबार २४, बुधबार ३७ र बिहीबार २७ करोडको कारोबार भएको छ।
नीतिगत अस्थिरताको प्रभाव सेयर बजारमा परेको छ । लाभकर गणना विधि, बैंकलाई ब्रोकर लाइसेन्सजस्ता विषयमा समेत नियामकको स्पष्ट नहुँदा लगानीकर्तामा अन्योल बढेको छ । जसका कारण कारोबार रकम र नेप्से दुवैमा उत्साह आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस