देश राजनीति

नेकपा (एमाले) विराटनगर–८ को अध्यक्षमा राम पोखरेल निर्विरोध निर्वाचित

विराटनगर, ६ कात्तिक । नेकपा (एमाले) विराटनगर महानगरपालिका वडा नं. ८ को वडा कमिटी अध्यक्षमा लोकप्रीय युवा नेता राम पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा (एमाले) केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्वसामाजिक विकास मन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न वडा अधिवेशनबाट लोकप्रीय एवम् विकासप्रेमी युवा नेता पोखरेल निर्विरोध निर्वाचित भएका हुन् ।

पोखरेल विराटनगरका विकासप्रेमी युवा नेता हुन् । उनी सामाजिक अभियानमा पनि उत्तिकै सकृय छन् । उनकै पहलमा विराटनगर महानगरपालिका वडा नं. ८ मा प्रयाप्त विकास निर्माण कार्यहरु भएका छन् ।

प्रदेश र संघिय सरकारका प्रयाप्त विकास निर्माणका योजनाहरु पोखरेलले सो वडामा पार्न सफल भएका छन् । पोखरेल प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जिवन घिमिरेको स्वकिय सचिव पनि थिए ।

त्यस्तै वडा अधिवेशनबाट उपाध्यक्षमा मनिष भट्टराई, सचिवमा भुवन राजवंशी, सह–सचिवमा देवानन्द खनाल र पवित्रा विक पनि निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा (एमाले) केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का निबर्तमान सामाजिक बिकास मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनमा प्रदेश कमिटी सदस्य, विमला घिमिरे, राजेश थापा, जिल्ला कमिटी उपाध्यक्ष रामलाल साह, जिल्ला कमिटी सदस्य राजन भन्डारी, तुलसी पोखरेल, जिल्ला कमिटी सल्लाहकार मेघराज श्रेष्ठ, बिस्वमबर अधिकारी, नगरकमिटी सदस्य उषा बराल, शैलेश न्यौपाने, निवर्तमान वडा अध्यक्ष खगेन्द्र पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

Featured