देश राजनीति

एमालेको आग्रहपछि दुई दिनका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभाको बैठक दुई दिनका लागि सरेको छ । यसअघि ९ कार्तिक दिउँसो २ बजेका लागि बोलाइएको बैठक ११ कार्तिकमा बस्ने भएको हो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक सार्न निवेदन दिएकाले बैठक अब ११ कार्तिक दिउँसो २ बझे मात्र बस्ने भएको हो ।

कात्तिक ९ गते एमालेको पालिका अधिवेशन तोकिएकाले उक्त दिन प्रतिनिधि सभा बैठक सार्न एमालेका तर्फबाट खगराज अधिकारीसहितले संघीय संसद सचिवालयमा निवेदन दिएका थिए । उनीहरूको निवेदन अनुसार संसद सचिवालयले ११ गतेका लागि बैठक बोलाउने गरी सूचना जारी गरिसकेको छ ।

एमाले प्रतिपक्षी बनेसँगै संसदमा अवरोध गर्दै आइरहेको छ । तर एमालेको अवरोधका बीच सरकारले संशोधित बजेट विधेयक पारित गर्ने देखि यसअघि ल्याइएका विधेयक फिर्ता लिने कामहरूलाई भने निरन्तरता दिइरहेका छन् ।

Featured