देश

अछाममा जिप दुर्घटनाहुँदा दुईजनाको मृत्यु

बझाङ, भदौ १३–अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । मेल्लेख गाउँपालिका(७ नन्देगडा बजार नजिक से१ज ९८६ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा किथ्थी साउद र कौशी साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी नृप साउद, मनिषा उपाध्याय, जनक साउदलगायत पाँच जना घाइते भएका छन ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शी बल साउदले बताए । गम्भीर घाइते हुनेमा सवारी चालक नृप साउद र जनक साउद रहेको बताइएको छ । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल पुर्याइएको छ ।

Featured