देश राजनीति

कुर्मी र धोबीका हत्यारालाई सरकारले संरक्षण दिएको अनेरास्ववियुको आरोप

सरकारले हत्यारालाई संरक्षण दिएको नेकपा एमालेको  विद्यार्थी संगठन अनेरास्ववियुले आरोप लगाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्याको घटनाका आरोपीलाई सरकारले कारबाही नगरेर संरक्षण गरेको आरोप अनेरास्ववियुले लगाएको हो ।

अनेरास्ववियुले परमादेशी सरकार नै उक्त घटनाको पीडक रहेको भन्दै अपराधीलाई संरक्षण गर्ने सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

‘अधिकारकर्मीहरूको माग र स्वास्थ्य प्रति असंम्वेदनशील यो सरकार मुकदर्शक रहँदै व्यापक धरपकडमा उत्रिएको छ । यी र यस्ता घटनाक्रमहरूले यो परमादेशी सरकार नै उक्त घटनामा पीडक रहेको तथ्य उजागर भएको छ’, अनेरास्ववियु अध्यक्ष अध्यक्ष सुनिता बरालको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत पक्ष सँग यथाशीघ्र वार्ता र छलफलको माध्यमबाट अनzन अन्त्य गदै घटनाको निष्पक्ष छानबिन गर्न जोडदार माग गर्दैर्छौ । अन्यथा अनेरास्ववियु पीडितको पक्षमा कडा आन्दोलन गर्न बाध्य हुनेछ र हाम्रो आन्दोलनबाट उत्पन्न हुने जस्तोसुृकै परिणामको जिम्मेवार स्वयम् यो परमादेशी सरकार हुनेछ ।’

Featured