देश

हातहतियार बरामद

रौतहट, भदौ १३-चन्द्रपुर नगरपालिका-५ स्थित राजपेडा गाउँको भित्री बाटोको बाँसघारीबाट मेड इन इटाली लेखिएको बाह्रबोर एक नाले बन्दुक १ थान, सोको जंगी राउण्ड (कार्टिज) ४ थान र फायर भइसकेको कार्टिजको खोका ४ थान फेला पारी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ।

अस्थाई प्रहरी पोष्ट तल्लो बजारबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा एक व्यक्ति झोला फालेर फरार भए पश्चात् उक्त झोलामा प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।